डेब्यु नहुँदै निर्देशक « Khabarhub

डेब्यु नहुँदै निर्देशक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता मनिष राउतले फिल्म निर्देशन गर्ने भएका छन् ।

‘प्रेम गीत ३’ बाट अभिनयमा उदाउने तयारीमा रहेका मनिषले छायांकनको तयारीमा रहेको ‘शमशेर’बाट निर्देशनमा डेव्यु गर्ने भएका हुन् ।

मुख्य भुमिकामा अभिनय गरेका मनिषले ओस्कार कलेजबाट ब्याचलर गरेका हुन् । ‘फिल्मको स्क्रिप्ट मन परेकोले नै अभिनेतासँगै निर्देशनमा जोडिएको हुँ । आउँदो दिनमा अभिनय र निर्देशनलाई सँगै अगाडी बढाउने छु’ मनिषले भनेका छन् ।

फिल्म छायांकनको तयारीमा रहेका मनिषले सुनिल थापालाई पनि जोडेका छन् । उनले फिल्ममा अभिनय गर्ने भूमिका भने खुलाइएको छैन । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए ।

फिल्ममा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । यसको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ३७ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने