विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार | Khabarhub Khabarhub

विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो हार व्यहोरेको छ ।

मलेसियाको क्वालालम्पुरमा शनिबार बिहान भएको खेलमा यूएईले नेपाललाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ८ ओभरमा १ बलमा समेटिँदा मात्र ८ रन जोड्न सफल भयो ।

नेपालले दिएको ९ रनको लक्ष्य यूएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो । छनोटअन्तर्गत शुक्रबारको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो ।

नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : ५५ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र