'हामी गठबन्धन र त्यसको परिणामबाट बेहद असन्तुष्ट छौं' : नेता खनाल | Khabarhub Khabarhub

‘हामी गठबन्धन र त्यसको परिणामबाट बेहद असन्तुष्ट छौं’ : नेता खनाल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धनका दलले आफ्नो दललाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले उक्त प्रतिक्रिया दिएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न शनिबार बसेको सचिवालय बैठकपछि बोल्दै उनले पाँच दलीय गठबन्धनमा नेकपा (एस) माथि अन्य दलले धोका दिएको बताए।

खनालले भने, ‘हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौं। गठबन्धनको भूमिका केही दलबाट भएन। यो कुरा हामीले पाँचदलीय बैठकमा पनि राखेका छौं र अहिले समीक्षा गरिरहेका छौं।’

खनालले अहिले प्रमुख वामपन्थी नेताहरू नै वामगठबन्धनको पक्षमा नरहेकाले तत्काल आउने चुनावमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन हुने सम्भावना नदेखिएको समेत बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ०८ बजे

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक