निजगढ विमानस्थल निर्माण रोकेर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो : मन्त्री आले « Khabarhub

निजगढ विमानस्थल निर्माण रोकेर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो : मन्त्री आले


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बारा विमानस्थल बनाउन सर्वोच्चले रोकेको विषयलाई कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाल चलचित्र संघको ४७ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यपालिका माथि न्यायपालिकाको हस्तक्षेप भएको बताएका हुन् ।

निजगढ विमानस्थल आयोजनाका लागि सरकारको ३ अर्ब रुपैयाँ खर्च भइसकेको अवस्थामा निर्माण रोक्ने फैसला उचित नभएको भनाई राखे । निजगढ विमानस्थन बने काठमान्डौको एअर ट्राफिकको चाप घटाउन सहयोग पुग्ने भन्दै काठमान्डौको चाप कम गर्न निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नेपर्ने बताए ।

आलेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै निजगढ अन्तराष्ट्रिय विमानस्थल परेको र बजेट पनि विनियोजन भइसकेको अवस्थामा सर्वोच्चको फैसला सच्चिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘मलाइ विश्वास छ सम्मानीय अदालतले यो निर्णयलाई सच्याउने छ । किनकी सरकारको यसमा समय र पैसा दुवै खर्च भैसकेको छ । निजगढको एअरपोर्टले यात्रुलाई थप सेवा सुविधा दिन्छ ।’

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : १८ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये