किशोर मृत फेला परेपछि अछामको विनायक तनावग्रस्त « Khabarhub

किशोर मृत फेला परेपछि अछामको विनायक तनावग्रस्त


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पंचदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा किशोर मृत फेला परेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

जेठ १७ गते बेपत्ता भएका १७ वर्षीय विनोद शाही शनिबार विहान मृत फेला परेपछि स्थिती तनावग्रस्त बनेको छ । सो स्थानमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

मृतक शाही एमाले निकट भएकाले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएर प्रदर्शनमा उत्रिएका छन् । शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान नदिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । उनका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालयमासमेत तोडफोड गरेका छन् । अवस्था सामान्य बन्न नसकेको र घटनास्थलमा प्रहरीलाई जान नदिएको प्रजिअ मरासेनीले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ४१ बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि