किशोर मृत फेला परेपछि अछामको विनायक तनावग्रस्त « Khabarhub

किशोर मृत फेला परेपछि अछामको विनायक तनावग्रस्त


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पंचदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा किशोर मृत फेला परेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

जेठ १७ गते बेपत्ता भएका १७ वर्षीय विनोद शाही शनिबार विहान मृत फेला परेपछि स्थिती तनावग्रस्त बनेको छ । सो स्थानमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

मृतक शाही एमाले निकट भएकाले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएर प्रदर्शनमा उत्रिएका छन् । शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान नदिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । उनका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालयमासमेत तोडफोड गरेका छन् । अवस्था सामान्य बन्न नसकेको र घटनास्थलमा प्रहरीलाई जान नदिएको प्रजिअ मरासेनीले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज