रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत | Khabarhub Khabarhub

रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेल हुन्। अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएका २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ। बसमा चालकसहित ३३ जना सवार रहेका थिए। चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । ‘पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो’, चालक क्षेत्रीले भने । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त छ ।

रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको बस घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गरेर यात्रुहरुलाई अस्पताल पठाएको हो । अहिले बसलाई सुल्टो पारेर राखिएको छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : १८ बजे

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की 

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

गोदार– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार

अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा

कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि

बेनी-दरबाङ सडक : सिम-पानाबगर खण्डमा कालोपत्र

म्याग्दी– म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा