रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत « Khabarhub

रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेल हुन्। अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएका २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ। बसमा चालकसहित ३३ जना सवार रहेका थिए। चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । ‘पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो’, चालक क्षेत्रीले भने । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त छ ।

रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको बस घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गरेर यात्रुहरुलाई अस्पताल पठाएको हो । अहिले बसलाई सुल्टो पारेर राखिएको छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : १८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा