बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने « Khabarhub

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु स्रोत केन्द्रका लागि रु एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, “असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।” निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।  

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए । दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आवश्यकपर्ने उनी बताउँछन् ।

गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरूले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताए । 

कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनीयता भङ्ग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केरा व्यवसायी सङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : १५ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३