प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग « Khabarhub

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द हुनु । राजेश हमाल-करिश्मा मानन्धर, निखिल उप्रेती-रेखा थापा, आर्यन सिग्देल-रेखा थापा, पूजा शर्मा-आकाश श्रेष्ठसम्म नायक-नायिकाको बोलचाल बन्द भएको विगत छ।

खोज्दै जाने हो भने यो सूची लामो बन्छ । अहिले गायक तथा नायक प्रकाश सपुत र नायिका स्वस्तिमा खड्का पनि बोलचाल बन्द भएको चर्चा गसिपले चर्चा पाएको छ । यी दुवै अहिले लाइमलाइटमा भएका कलाकार भएकाले चर्चा हुनु स्वभाविक पनि हो ।

कलाकारिता क्षेत्र नै यस्तै हो- यहाँ चर्चामै भएकाहरु कै त थप चर्चा गरिन्छ । थप चासो दिइन्छ । व्यक्तिगत घटनालाई पनि इस्यू बनाइन्छ ।

प्रकाश र स्वस्तिमाका कुरा गर्दा यी दुईको बोलचाल बन्द फिल्म ‘वसन्त’ले गराएको गसिप छ । आफ्नो डेब्यू निर्देशन र लेखन रहेको फिल्म ‘वसन्त’मा नायिकासमेत रहेकी स्वस्तिमाले प्रचारमा असहयोग गरेको प्रकाश रिसाएको चर्चा छ ।

वसन्त व्यापारिकरुपमा मात्रै होइन यी दुईको सम्बन्ध जोगाउन पनि फ्लप भयो भन्ने कोणबाट पनि चर्चा हुने गरेको छ ।

बीचमा यी दुईको सहकार्य फिल्म ‘हरिबहादुरको जुत्ता’मा भयो । यस फिल्मका दौरान पनि उनीहरूको आत्मीय सम्बन्ध नदेखेपछि ‘बोलचाल बन्द भएको अड्कल’ सुरु भएको हो ।

फिल्म क्षेत्रको गसिप चाँडो बजारमा फैलिन्छ । यी दुईजनाको हकमा पनि त्यही भयो । यो कुरा यी दुईको कानमा नपुग्ने कुरै भएन । पुगेको रहेछ त यस विषयमा अभिनय गर्न राजी भए होलान् ।

एउटा कुरा- यी दुवैले आफूहरूको सम्बन्ध ठीक ठाक रहेको भनी खण्डन गरेका छैनन् । यस पनि गसिपले थप बढवा पायो ।

अहिले फिल्म प्रचारमा यो गसिपको प्रयोग भएको पाइयो । फिल्मको पहिलो गीत र प्रदर्शन मिति जानकारी दिन निर्माण पक्षले तयार गरेको भिडियोमा यी दुईका बोलचाल बन्दको विषयमा कन्टेन्ट बनाइएको हो ।

प्रकाश र स्वस्तिमा नबोली बसेका हुन्छन् । अर्की कलाकार सीता न्यौपाने आएर प्रश्न गर्छिन्, ‘के हो पानी बराबार भएको छ रे त ? बोलौं ढिला भइसक्यो ।’

उनले फेरि प्रश्न गर्छिन्, ‘के हो बोलचान भयो ? एक्सक्युज मी !’

त्यसपछि दुवै हाँस्छन् । स्वस्तिमा र प्रकाश बल्छन् । उनीहरूबीच संवाद हुन्छ । स्वस्तिमाले प्रकाशलाई भन्छिन्, ‘भन्नुन त ।’ त्यसपछि प्रकाशले स्वस्तिमाले भन्छन्, ‘तपाईं भन्नु न ।’

तर, दुवैले बोलचाल बन्द भएको कुरा निकाल्दैनन् । फिल्मको गीत र प्रदर्शन मितिबारे दर्शकलाई जानकारी गराउँछन् ।

अन्तिममा प्रकाशले पिइरहेका पानी गिलास स्वस्तिमालाई लिन्छन् । उनले पनि त्यही गिलासको पानी पिउँछिन् ।

यी बीच भएको के हो ? उनीहरुलाई नै थाहा होला । फिल्म प्रचारका लागि भिडियो बनाउनुपर्ने बाध्यताले अभिनय गरेको मात्रै पनि हुनसक्छ । अथवा, यी दुईको सम्बन्ध सुधार भइसक्यो । यसबारेमा केही दिनमै थाहा भइहाल्छ ।

यस्ता गसिप फिल्म प्रचारका लागि नियोजितरुपमा पनि विकास गरेको पनि हुनसक्छ । विगतमा यस्ता उदाहरण पनि छन् । प्रकाश र स्वस्तिमाको हकको के भएको हो ? यसको जवाफ अनुत्तररित छ ।

तर, ‘हरिबहादुरको जुत्ता’ निर्माण टिमले फिल्म प्रचारमा गसिपलाई प्रयोग गरेका छ । अझ भनौँ सदुपयोग गर्ने गरेको छ । अहिले यो भिडियो चर्चामा छ । यसले फिल्म प्रचारमा केही सहयोग पक्कै पुगेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ५७ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र