भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच सिन्धु नदीको पानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् सौहाद्र्रपूर्ण वातावरणमा वार्ता भएको उल्लेख गरेको छ ।

वार्तामा भारतीय पक्षको नेतृत्व भारतीय सिन्धु जल आयुक्त एके पाल र पाकिस्तानी पक्षको नेतृत्व पाकिस्तानी जल आयुक्त सइद मुहम्मद मेहर अली शाहले गरेको जनाइएको छ ।

यससँगै दुबै पक्षले आगामी वार्ता पाकिस्तानमा आयोजना गर्ने सहमति समेत जनाएको एएनआईले जनाएको छ । यद्यपि आगामी वार्ताको मिति भने तय हुन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : २३ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि