हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित | Khabarhub Khabarhub

हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ–व्यापक विरोध  प्रदर्शन भएपछि हङ्कङले विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकाल सम्मका लागि स्थागित गरेको छ ।

हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । सम्बोधनका क्रममा उनले उक्त विधेयक कहिलेसम्मका लागि स्थगित गरिएको हो भन्नेबारे कुनै मिति भने तोकिनन् ।

नयाँ विवादास्पद सुपुर्दगी कानूनले हङ्कङका नागरिकले अभ्यास गर्दै आएको स्वतन्त्रता तथा अधिकार कुण्ठित हुने भन्दै यो साता दशौं लाखले प्रर्दशन गरेका थिए ।

हङ्कङका नागरिकविरुद्ध चीनले यही सुपुर्दगी कानूनका आधारमा पक्राउ गर्न सक्ने भन्दै विपक्षीले प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि हङ्कङ सरकारलाई यो विधेयक फिर्ता लिन चर्को दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल प्रमुख कार्यकारी क्यारी लामलाई पदबाट राजीनामा दिन दबाब रहेको जनाइएको छ । यद्यपि पत्रकार सम्मेलनमा भने उनले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : २२ बजे

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।