१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपित सात जना पक्राउ   « Khabarhub

 १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपित सात जना पक्राउ  


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । 

भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।

खोरमा राजकुमार थारू लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : २३ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् ।

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको