युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा आल्मुनियमको निर्यात बढायो | Khabarhub Khabarhub

युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा आल्मुनियमको निर्यात बढायो


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एवम् आल्मुनियमजन्य वस्तुको निर्यात गरेको छ भने केबल १ दशमलब ९७ लाख टनमात्र आयात गरेको छ ।

यसबाहेक युरोपमा आल्मुनियमको मूल्य पनि उच्च रहेको एएनआईले जनाएको छ । फाइनान्सियल पोस्टका अनुसार अघिल्लो महिनामात्र चीनले अर्धप्रशोधित आल्मुनियममा मूल्य अभिवृद्धि कर बढाएर १६ प्रतिशत पुर्‍याएको थियो ।

पछिल्लो समय चीनले आल्मुनियमसँगै लिड र जिंकको निर्यात पनि बढाएको एएनआईले जनाएको छ । यसले चीन धातुको सबैभन्दा ठूलो खरिदकर्ताबाट धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न पुगेको बताइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार अप्रिल महिनामा चीनको आल्मुनियम उत्पादन उच्चस्तरमा वृद्धि भएको छ । उर्जा उत्पादनमा वृद्धि एवम् धातु कारखानालाई आफ्ना गतिविधिलाई बढावा दिन प्रोत्साहन गरिएका कारण उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

यसले पश्चिमा मुलुकहरु चिन्तित बनेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : २७ बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार