श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति « Khabarhub

श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ ।

श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडानको अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगेर राखिएको थियो ।

उक्त रूसी विमानले आयरल्याण्डको सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेड नामक संस्थालाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको थियो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र रूसबीच कुटनीतिक तनाब बढेको थियो । यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलङ्काका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने संस्था र उड्डयन सेवाले यो विवाद ‘केबल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुननहुने बताएको थियो ।

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो ।

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तरराष्ट्रिय उडानहरू निलम्बन गरकोे तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो ।

रूसको नागरिक उड्डयन निकायले रूस–युक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउनसक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ९ : ४४ बजे

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर