बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की ! « Khabarhub

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की !


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

उनलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको सलमानका बुबा सलिम खानले भारतीय मिडियालाई आइतबार बताएका छन् ।

सलिमले ‘मर्निङ वाक’ जाँदा आराम गर्न बेञ्चमा बसेका बेला उक्त पत्र भेट्याएका थिए । उक्त पत्रमा सलमानलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार पत्रमा सलमानलाई सिद्दु मुसेवालाजस्तै बनाउने धम्की दिइएको छ ।

उक्त पत्र प्राप्त भएपछि सलमानका बुबा सलिमले प्रहरीमा उजुरी दिएका छन् । यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की दिइएको थियो ।

सलमानले कालो हरिण मारेको मुद्दामा अदालत पुगेका बेला लरेन्स बिश्रोई नामक डनले उनलाई ज्यान मार्ने धम्की दिएका थिए ।

गत साता पञ्जावको मान्सा गाउँमा गायक तथा नेता सिद्दु मुसेवालाको हत्या गरिएको थियो । उनीमाथि २५ वटाभन्दा बढी गोली हानिएको बताइएको थियो ।

सोही समूहले सलमानलाई पनि ज्यान मार्ने धम्की दिएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ११ : २९ बजे

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे