डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या « Khabarhub

डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्तो डोमिन्गो – डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् ।

ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ०९ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)