खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि चुनिए | Khabarhub Khabarhub

खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि चुनिए


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका वीरबहादुर माझीले जनप्रतिनिधि बन्ने अवसर पाए ।

सोमबहादुर र वीरबहादुर ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा विजयी हुँदा सुब्बा भने कार्यपालिका निर्वाचनबाट सदस्य चुनिएका हुन् । ३६ वर्षीय सुब्बा एमालेका तर्फबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय सोमबहादुर कांग्रेस र ६१ वर्षीय वीरबहादुर एमालेकातर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचनको मुखमा वीरबहादुर कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । निर्वाचनमा सोमबहादुरले ७०२ र वीरबहादुरले ४२३ मत पाएका थिए । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुर गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउँछन् ।

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका थिए । ‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्नँ । यही ठाउँको सेवा गर्छु’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्छु ।’

२०७४ सालको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा चुनिएका थिए ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पुर्ख्यौली पेसा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ३० बजे

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्ला– जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने