खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि चुनिए « Khabarhub

खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि चुनिए


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका वीरबहादुर माझीले जनप्रतिनिधि बन्ने अवसर पाए ।

सोमबहादुर र वीरबहादुर ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा विजयी हुँदा सुब्बा भने कार्यपालिका निर्वाचनबाट सदस्य चुनिएका हुन् । ३६ वर्षीय सुब्बा एमालेका तर्फबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय सोमबहादुर कांग्रेस र ६१ वर्षीय वीरबहादुर एमालेकातर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचनको मुखमा वीरबहादुर कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । निर्वाचनमा सोमबहादुरले ७०२ र वीरबहादुरले ४२३ मत पाएका थिए । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुर गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउँछन् ।

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका थिए । ‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्नँ । यही ठाउँको सेवा गर्छु’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्छु ।’

२०७४ सालको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा चुनिएका थिए ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पुर्ख्यौली पेसा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ३० बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको