मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान  | Khabarhub Khabarhub

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई बागमती प्रदेशका संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठले नगद १० हजार र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय पूर्वअध्यक्ष पनि हुन् ।

संघले चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट राममणि दाहाल र कलाकर्मी सम्मान–२०७७ बाट चलचित्र प्राविधिक संघ अध्यक्ष प्रेम बोमजन (पुष्कर लामा) लाई प्रदान गरेको छ। दाहाललाई ५ हजार नगद राशिसहित पुरस्कृत गरिएको हो। त्यसैगरी, चलचित्र पत्रकारिता पुरस्कार–२०७८ बाट दीपक अधिकारीलाई पुरस्कृत गरिएको छ भने कलाकर्मी सम्मान–२०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ। चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट चलचित्र पत्रकार संघ नेपालकी केन्द्रीय उपाध्यक्ष दीपज्योति थापा र कलाकर्मी सम्मान–२०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेशमा फिल्म क्षेत्रको विकासका लागि आगामी बजेटका केही व्यवस्था गरिने विश्वास दिलाए। मन्त्री श्रेष्ठले फिल्मकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने पनि बताए। मन्त्री श्रेष्ठले फिल्मकर्मीलाई फिल्म छायांकनका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरे। संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कार तथा सम्मान गर्दै आएकोमा अघिल्ला दुई वर्ष कोरोना कहर तथा यस वर्ष जेठ ७ गते स्थानीय तह निर्वाचनको मतगणनाका कारण आइतबार कार्यक्रम गरिएको सचिव श्रीराम अर्जुनले बताए ।

संघ मकवानपुर कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, जिल्ला शाखा अध्यक्ष मणिराज गौतम, संघको केन्द्रीय उपाध्यक्ष थापा, केन्द्रीय पूर्वअध्यक्ष गिरी, चलचित्र पत्रकार संघ मकवानपुर संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष लामा, लेखक तथा निर्देशक अधिकारी, हेटौंडेली कलाकार सुशान्तकुमार श्रेष्ठलगायतले पत्रकारिता र कलाक्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । सोही अवसरमा महासंघ शाखा अध्यक्ष गौतमलाई संघको शाखालाई यहाँसम्म ल्याउन गरेको योगदानस्वरूप आधारपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : २४ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको