राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न « Khabarhub

राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले आगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । त्यस्तै, ऐतिहासिक राम जानक मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न र जनकपुरधाममा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने समेत राप्रपा नेपालले माग गरेको छ ।

भेलाले नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्गको काम थाल्न र पर्यावरणको सुनिश्चितासहित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन समेत माग गरेको छ ।

भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ’सम्वद्र्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति पार्टीलाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा सहभागि हुन समेत सबैसमक्ष आह्वान गरेको छ ।

आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको भन्दै राप्रपा नेपालले सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन पनि माग गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ४८ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको