मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा « Khabarhub

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको हो । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन ।

पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरेपनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता छ । मनाङ मस्र्याङ्दी सँगको खेलमा नेपाल पुलिस क्लबको प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्तराज थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । श्रेष्ठले मैदान प्रवेश नगर्दैै रातो कार्ड पाएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ४६ बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला