गुठी विधेयक तत्कालै फिर्ता नगरे सरकारले मूल्य चुकाउनु पर्छ–कोइराला « Khabarhub

गुठी विधेयक तत्कालै फिर्ता नगरे सरकारले मूल्य चुकाउनु पर्छ–कोइराला


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी विधेयक तत्कालै फिर्ता हुनुपर्ने बताएका छन् ।

फिर्ता गर्नुको सट्टा जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट शसक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको “राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम” मा डा कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा आस्थाको धरोहर रहेको बताउँदै जनबिरोधी गुठी बिधेयक र मिडिया बिधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनु पर्ने बताए ।

डा कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पति हरण गर्ने मनसायले यो बिधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथि आक्रमण गरेको बताए । गुठी बिधेयकको आडमा सरकारले जातिय द्वन्द्व निम्त्याउन खोजेको उनको भनाइ थियो ।

“भूमाफिया, कर्मचारी र मन्त्रीहरुको मिलेमतोमा यो विधेयक ल्याईएको छ” डा कोइरालाले भने-“यदी यो गुठी बिधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ। धर्म संस्कृति,परम्परा र मौलिकता सबै समाप्त हुन्छ।त्यसकारण यो बिधेयक कुनै पनी हालतमा पास हुन दिदैनौं। सरकारलाई यति मात्र भन्छु। बिनाश काले बिपरित बुद्धि।”

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : १५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग