काठमाडौँको फोहर तत्काल उठाउन माग | Khabarhub Khabarhub

काठमाडौँको फोहर तत्काल उठाउन माग


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले लामो समयदेखि काठमाडौँमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका हुन् । उनले भने, ‘काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।’

सांसद श्रेष्ठले सिसडोल र बन्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे । उनले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : ३८ बजे

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा– ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 

काठमाडौं-पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना