साना तथा मझौला कम्पनीका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालन हुने | Khabarhub Khabarhub

साना तथा मझौला कम्पनीका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालन हुने


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् । बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए ।

उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताए । सरकारले बोर्डको सुझावअनुसार यो कार्यक्रम आगामी वर्षको बजेटमा पनि घोषणा गरिसकेको छ । त्यस  कार्यक्रममा हमालले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउने दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १ : १८ बजे

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा– ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 

काठमाडौं-पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना