अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन « Khabarhub

अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरि दोषीलाई कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् । सांसद शाहीले उक्त राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्रीले दोषीमाथि कारबाही  प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भीरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १ : २८ बजे

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक