नबिल बैंकले काठमाडौंका आफ्ना १८ शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउने (भिडियो) | Khabarhub Khabarhub

नबिल बैंकले काठमाडौंका आफ्ना १८ शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउने (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । आज काठमाडौं महानगरसँग १३ बुँदे सम्झौता गरेर उक्त घोषणा गरेको हो । जसअनुसार नबिल बैंकले १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो ।

महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क नलिने भएको छ । यसैबीच शौचालयको मर्मत सम्भार, सफाइ र पानीको व्यवस्था बैंक आफैले गर्ने छ । महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाडौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । त्यसमा नबिल बैंकले पहिलो सम्झौता गरेको हो । उक्त सम्झौता ५ वर्षको हुने छ ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने र शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुने सम्झौतापत्रमा उल्लेख छ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक-एक प्रतिनिधि खटाइने छ । उक्त सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  २ : ५१ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन