सिङ्गापुरको पीआर कसरी पाउने ? « Khabarhub

सिङ्गापुरको पीआर कसरी पाउने ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर एशियाको महत्वपूर्ण आर्थिक केन्द्र हो । यहाँ अध्ययन, रोजगारी, व्यापार लगायतका क्षेत्रमा कैयौं अवसरहरु उपलब्ध छन् ।

सिङ्गापुरमा बसोबास गर्न चाहना तपाईंलाई पनि हुनसक्छ । यसका लागि सिङ्गापुरले स्थायी बसोबास अनुमतिपत्र अर्थात् पीआरको व्यवस्था गरेको छ । आखिर सिङ्गापुरको पीआर कसरी पाउने ?

शुरुमा तपाईं सिङ्गापुरको पीआर पाउन योग्य हुनुपर्छ । यसका लागि तपाईंले सिङ्गापुरमा अध्ययन गरिरहेको हुनुपर्छ वा सिङ्गापुरमा पुँजी लगानी गरेको हुनुपर्छ वा तपाईंलाई सिङ्गापुरको रोजगारी पास (एसपास) लिएको हुनुपर्छ ।

सिङ्गापुरको पीआर लिइसकेका मानिसको श्रीमान्, श्रीमती वा २१ वर्ष नकटेका अविवाहित छोराछोरी वा उमेर ढल्केका आमाबाबुले समेत सिङ्गापुरको पीआर पाउने व्यवस्था छ ।

यसका लागि तपाईंले स्थानीय निकायले प्रमाणित गरेको वैधानिक दस्तावेज अनलाइनमार्फत् पेश गर्नुपर्छ । यो क्रममा तपाईंले आफ्नो फोटो, आवेदन, न्यूनतम तलब, रोजगारी र सिङ्गापुरको अनिवार्य राष्ट्रिय सेवामा आफ्नो योग्यताबारे स्पष्ट पार्नुपर्छ । यसका साथै आवेदन भर्ने क्रममा १ सय सिङ्गापुरे डलर तिर्नुपर्छ ।

अध्यागमन अधिकारीले तपाईंको विवरण जाँच गरेपछि आवेदन पेश गरेको ४ देखि ६ महिनाभित्र तपाईंले सिङ्गापुरको पीआर पाउन सक्नुहुन्छ । आफ्नो आवेदन कुन प्रक्रियामा छ भनेर तपाईंले अनलाइनबाट समेत जानकारी पाउन सक्नुहुन्छ ।

सिङ्गापुरमा अनिवार्य राष्ट्रिय सेवाको व्यवस्था छ । यसअनुसार सिङ्गापुरको पीआर वा नागरिकता लिने दोश्रो पुस्ताका हरेक (पुरुष) व्यक्तिले यसमा सहभागी भएर निश्चित समयसम्म सेवा दिनुपर्ने प्रावधान छ । त्यसबाहेक बढीमा कम्तीमा वर्षसम्म अपरेसनली रेडी नेशनल सर्भिसमा वार्षिक ४० दिनसम्म सेवा दिनुपर्ने प्रावधान छ । यसो नगरेमा कडा कारवाही हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ३६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको