करेन्ट लागेर महिलाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर महिलाको मृत्यु


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले आज जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ५९ बजे

यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अब कहिले हुन्छन् आईपीएलका बाँकी खेल ?

सीमामा भारत र पाकिस्तानको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)

युद्ध विराम उल्लङ्घनको आरोप-प्रत्यारोपमा भारत-पाकिस्तान

नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख