भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित  « Khabarhub

भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ ।

पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ । भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन् ।

बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो । यो संख्या २५ जनवरीपछि कै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ४१ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले