फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष | Khabarhub Khabarhub

फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समधान गर्ने प्रतिबद्धता जनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कदम चलेका छन् । नेपाल सरकार फिल्मनगरी प्रति गम्भीर नभएको गुनासोसँगै नेपाली कलाकारले एअरपोर्टमा भीआईपी कक्षको प्रयोग गर्न नपाउने गुनासोलाई सोमबार नै सम्बोधन गर्ने मन्त्री आलेले बताएका थिए । उनले बताएअनुसारनै काम अगाडि बढाएका छन् । 

नेपाल सरकारले वशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै  सोही पत्रअनुसार फिल्मकर्मीका लागि भीआईपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेपछि फिल्मकर्मीले अब भीआईपी कक्षमा प्रवेश पाउनेछन् । 

चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो । चलचित्र विकास बोर्डले विभिन्न समयमा गरी अहिलेसम्म ४४ जना फिल्मकर्मीलाई योगदानको आधारमा विशिष्ट चलचित्रकर्मी परिचय बाँडेको छ । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : १९ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण