पाकिस्तानमा बन्दुकधारीले आक्रमण गर्दा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा बन्दुकधारीले आक्रमण गर्दा ९ जनाको मृत्यु


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा पाकिस्तानको पञ्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले त्यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको हो । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको जनाइएको छ ।

सो आक्रमणमा आक्रमणकारीले सवारी साधनमा गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

बीच सडकमै चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए । यसमा संलग्न बन्दुकधारी पनि फरार रहेको र प्रहरीले खोजी जारी राखेको बताएको छ ।

सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ४५ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।