श्रीलंकाली राष्ट्रपतिका भाइद्वारा संसद् सदस्य पदबाट राजीनामा | Khabarhub Khabarhub

श्रीलंकाली राष्ट्रपतिका भाइद्वारा संसद् सदस्य पदबाट राजीनामा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट बढ्दै जाँदा राष्ट्रपति गोताबाया राजपाक्षेका भाइ एवम् पूर्व अर्थमन्त्री बसिल राजपाक्षेले संसद् सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले संसद् सचिवालयमा गई संसद्का महासचिव दम्मिका दासानायकेलाई राजीनामापत्र बुझाएको श्रीलंकाली अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपतिका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गएका कारण पछिल्लो समय श्रीलंकामा अत्यावश्यक वस्तुको झन् झन् अभाव देखिन थालेको बताइएको छ । केही दिनअघिमात्रै श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकमा इन्धनको मौज्दात सकिनै लागेको बताएका थिए ।

अहिले श्रीलंकाले दातृ राष्ट्र तथा सहयोगी निकायहरुसँग सहयताको अपिल गरिरहेको छ । मुलुकमा उत्पन्न संकटका लागि धेरैले श्रीलंकाली राजनीतिमा राजपाक्षे परिवारको पकडलाई दोष दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : १५ बजे

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई

विराटनगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट 

काठमाडौं– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका

सहरी विकास मन्त्रालयले कुन प्रदेशमा कति प्रतिशत बजेट छुट्यायो ?

काठमाडौं– सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सन्तुलित

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्रान्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा