स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित) | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित)


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ ।

कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो । प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक प्रदीप पौडेलले  ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेसले जित निकाल्दा ४४ प्रतिशतमा विजय दर्ता गराएको बताए ।

No description available.

कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १ सय ३८ रहेको जुन एमालेका वडाअध्यक्षका उमेदवारले पाएको भन्दै १ लाख ७५ हजार ७६ मतले बढि रहेको पौडेलले दाबी गरे । प्रदेशगत आधारमा पनि प्रमुख र उपप्रमुख पदमा कांग्रेस सातवटै प्रदेशमा सबै दलहरूभन्दा अगाडि रहेको उनले बताए । नेता पौडेलले गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्ने भन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिक रुपमा साझा संकल्पसहित अघि बढ्नु देखिएको बताए । त्यस्तै उहाले टिकट वितरण बिधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने र टिकट दिँदा सकेसम्म स्वच्छ छवि, उर्जाशीलता, घोषणापत्रलाई स्थानीयकरण गर्न सक्ने क्षमता भएका व्यक्तिहरूलाई दिनुपर्ने सुझाव दिएको जानकारी दिए।

उपसमितिले भातृसंस्था तथा शुभेच्छुक संस्थाको प्रभावकारी परिचालन गर्नुपर्ने , निर्वाचनको माहोल पार्टीका पक्षमा पार्न लागि निश्चित कामको सुहाउँदो जिम्मेवारी छुट्टाई सक्रिय बनाउनुपर्ने सुझाव पनि दिएको छ ।

[pdf-embedder url=”https://www.khabarhub.com/wp-content/uploads/2022/06/PaRaTaVaThaNaKa-PaRaPaTa-TaTha-NaShhaKaRaShha-1.pdf”]

 

 

 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : २४ बजे

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

एजेन्सी– ‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापनपछि, तीनजना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत

विकास–निर्माणका गतिविधि रोकिनु हुँदैन : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले मुलुकमा  विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

एजेन्सी– गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित