जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगदसहित पाँच जना पक्राउ « Khabarhub

जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगदसहित पाँच जना पक्राउ


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दीपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेका छन् । पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ७ : ११ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप