पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के « Khabarhub

पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तान छाडेर दुई छिमेकी मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगान शरणार्थीहरू घर फर्किएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् ।

स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ आफ्नो घर तर्फ लागेका हुन् ।

त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दाबी छ । उनीहरु अफगानिस्तानको कान्दहार प्रान्तबाट स्वदेश भित्रिएका हुन् ।

मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा समावेश नभएका तर स्वदेश फर्किएका अरु धेरै हुनसक्ने जनाएको छ ।

अन्य विभिन्न देशबाट समेत गरी अफगानिस्तानमा अहिलेसम्म सात लाख ४० हजार शरणार्थी स्वदेश फर्किसकेको दाबी गरिएको छ । ‘यो तथ्याङ्क सन् २०२१ को अगस्ट देखिको हो’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तानमा लामो समयदेखि भएको द्वन्द्वका कारण दशौँ लाख मानिस विस्थापित भएको वा शरणार्थी भएकोमा केही मात्रै फर्किएका हुन् । अरु धेरै फर्किन बाँकी नै रहेको बताइएको छ ।

फर्किन बाँकी मध्ये अधिकांशले स्वदेश फर्किन चाहेको बताउने गरेका छन् । उनीहरूले अझै पनि स्वदेश फर्किने वातावरण बनिनसकेको दावी गर्दै फर्किने प्रतीक्षामा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ८ : ४९ बजे

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर