विश्वकप क्रिकेट : भारतको अपराजित यात्रालाई पाकिस्तानले रोक्ने « Khabarhub

विश्वकप क्रिकेट : भारतको अपराजित यात्रालाई पाकिस्तानले रोक्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र पकिस्तानबीचको हाइभोल्टेज म्याच हुदैछ ।

इङ्गन्डको ओल्डट्रफोर्डमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा हुँदैछ । विश्व क्रिकेट प्रशंसकहरले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत पाकिस्तान दुवै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेका छन् ।

भारत पाकिस्तानबीचको खेल मैदानमा खेलाडीहरुले पनि निकै आक्रमक रुपमा खेल्ने भएकाले यसलाई भारत र पाकिस्तानबीचको द्वन्द मैदानमा ब्याट्समयानहरुले प्रत्यक्ष उतार्ने गर्छन् ।

पछिल्लो समय भारत र पाकिस्तानबीचको द्वन्द बढेपछि भारतले पाकिस्तानसँगको खेल नखेल्ने समचारहरु सार्वजनिक भएका थिए । तर, ती सबै समचार झुटा हुँदै जाँदा यी दुइृ टोली आज म्यान्चेस्रमा आमने सामने हुँदैछन् । पाकिस्तानले भारतको अपराजित यात्राको गतिलाई रोक्ने योजनाका साथ मैदानमा उत्रने तयारी गरेको छ।

अहिलेसम्म भारत र पाकिस्तानबीचको खेलको नतिजा सधै भातरले जित्दै आएको भारतीय टोलीले जितेको छ । जसमा यी दुई टोलीले ६ खेल खेल्दा ६ वटै खेल भारतले जीतेके छ ।

भारतीय टोलीका कप्तान विराट कोहलीले पाकिस्तान टोलीमा राम्रो क्षमतावान खेलाडी रहेको बताउँदै आफ्नो टोलीले टिम खेल खेल्न बताएका छन् ।

‘हामीलाई थाहा छ तिनीहरुको टोलीमा धेरै क्षमतावान खेलाडी छन् । तर, हामीलाई त्यो पनि थाहा छ कि हामीले राम्रो खेल्यो भने टिमले राम्रो गर्न सक्छ,’कप्तानकोहलीले भने,‘हामीले शुरुका दुई खेल पुरा खेल्दै नतिजा आफ्नो पक्षमा पारेका छौं र हामी त्यो चाहान्छौं कि आजको खेलमा नतिजा हाम्रो पक्षमा आओस।’

यस्तै, पाकिस्तानका ब्याट्सम्यान बाबर अजामले आफ्नो टोलीले इङ्ग्ल्यान्डलाई पराजित गरेकाले भारतीय टोलीको तीव्र गतिको बलिङविरुद्ध पनि राम्रो खेल्ने बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : २० बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्