विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्बोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ ।

जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो ।

गत बुधबार गृहमन्त्री बालकुष्ण खाण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा सो जानकारी आदान प्रदान भएको हो । ‘पक्राउ परेका ३३ मध्ये आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढेका गृहमन्त्रीले जानकारी दिनुभएको छ भने यसअघि एक जना छुटिसक्नु भएको छ,’ विश्वकर्माले भने, ‘गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले समन्वय गरेर तत्कालै रिहाइ गरिने आश्वासन पाएका छौँ ।’

केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता अझै पनि थुना र हिरासतमा रहेपछि सरकारसँग रिहाइका लागि पहल अझै भइरहेको हो । सो क्रममा सैन्य कानुनअन्तर्गत पक्राउ परी सैन्य अदालतबाट जन्मकैदको फैसलाअनुसार जेल बिताइरहेका झलकुमार महतलाई भने गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट माफी दिएर रिहाइ भइसकेका छन् । महत युद्धकालमा नेपाली सेनाको जागिर छाडेर माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी भएका थिए ।

शान्ति प्रक्रियामा आउनुअघि विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध ४०० भन्दा बढी मुद्दा चलेको भए पनि क्रमशः तीनको संख्या घटेर अहिले १०० को हाराहारीमा रहेको विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ३० बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित