ओखलढुंगा र जाजरकोटबाट अवैध हातहतियार बरामद « Khabarhub

ओखलढुंगा र जाजरकोटबाट अवैध हातहतियार बरामद


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओखलढुंगा र जाजरकोटबाट प्रहरीले अवैध हातहतियार बरामद गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई एक थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई राखेको एक नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

झाडीमा लुकाई राखेको बन्दुक इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गइरहेको प्रहरीले फेला पारी बरामद गरेको हो । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर