बर्दिया- बर्दियाको २१ वर्षीय युवती आफ्नै ठूलोबुवाबाट बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुवालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुवाले ती युवतीलाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडितलाई माईती नेपाल गुलरिया बर्दियाको संरक्षणमा राखिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया