२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार | Khabarhub Khabarhub

२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो ।  

धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो । १७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते