ब्रिट्नी स्पेयर्सले गरिन् प्रेमीसँग विवाह « Khabarhub

ब्रिट्नी स्पेयर्सले गरिन् प्रेमीसँग विवाह


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका ब्रिट्नी स्पेयर्सले प्रेमी साम असघरीसँग बिहीबार विवाह गरेकी छिन् । सीमित व्यक्तिको उपस्थितिमा उनले जुन ९ मा लस एन्जलसस्थित समारोहमा विवाह गरेका हुन् । सात महिना अघि मात्र अदालतले उनलाई बुबाको कन्जरभेटरीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

ड्रग्सको कुलतमा फसेकी ब्रिटनीलाई सो व्यवस्थाले विवाह गर्ने र बच्चा पाउने अधिकारमा पनि रोक लगाएको थियो । सात महिनाअघि अदालतमा बहस हुँदा उनले सो अदालती व्यवस्थाका कारण आफूले विवाह गर्न नपाएको, बच्चा जन्माउन नपाएको भन्दै १३ वर्ष लामो कन्जरभेटर सीपबाट मुक्त गर्न अदालतसमक्ष गुनासो गरेकी थिइन् । उनको विवाहमा परिवारबाट कोही पनि उपस्थित नभएको जनाइएको छ । ब्रिट्नीको पहिलेका श्रीमानबाट दुई छोरा छन् । यी दुई छोराबाहेक विवाहमा ब्रिट्नीको बुबा र बहिनी कोही पनि उपस्थित नभएको समाचार छ ।

ब्रिट्नीको विवाहमा पेरिस हिल्टन र ड्रिउ ब्यारीमोर मात्र उपस्थित भएको जनाइएको छ । सामसँग ब्रिट्नी ५ वर्षदेखि सँगै बस्दै आएकी थिइन् । सन् २०१६ मा एउटा म्युजिक भिडियोको सुटिङमा भेटिएका साम ब्रिटनीभन्दा १२ वर्ष कान्छा छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल