चुम्बन गर्दा डराए इमरान ? | Khabarhub Khabarhub

चुम्बन गर्दा डराए इमरान ?


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित छन् अभिनेता इमरान हाशमी । सन् २००३ मा महेश भट्टको निर्माण रहेको फिल्म ‘फुटपाथ’ मार्फत बलिउडमा डेब्यु गरेका इमरानको छवि नै सिरियल किसरको बन्यो । उनको हरेक फिल्ममा गर्ने किसले चर्चा पाउन थाल्यो । उनले कन्फिडेन्सकिआ साथ गर्ने किसको चर्चा हुनु नौलो रहेन । यद्यपि उनले एक अन्तर्वार्ताको क्रममा किस गर्दा डराएको खुलासा समेत गरेका छन् । फिल्म  ‘घनचक्कर’ को छायांकनको क्रममा अभिनेत्री विद्या बालनलाई चुम्बन गर्न आफू डराएको बताएका हुन् । 

इमरान र विद्याले फिल्म  ‘घनचक्कर’ मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’ मा माहौल ठीकविपरीत देखियो । एक च्याट शो मा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए ।

‘सिद्धार्थले के भन्लान् ? ’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् । इमरान पछिल्लो समय टाइगरको तेस्रो सिरिज र सेल्फी नामक फिल्ममा व्यस्त छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ७ : ०७ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले