डीपीएल क्रिकेटः काठमाडौं र धनगढी तथा रुपन्देही र महेन्द्रनगर भिड्दै « Khabarhub

डीपीएल क्रिकेटः काठमाडौं र धनगढी तथा रुपन्देही र महेन्द्रनगर भिड्दै


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी-  तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट आबाट शुरु हुदैछ । वर्षाका कारण दुई दिन पछाडि सरेको प्रतियोगितामा आजबाट शुरु हुन लागेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजेबाट हुँदैछ । काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्।

त्यस्तै, सोमबार नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट शुरु हुनेछ । रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रिने छ भने महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिदैछ ।

प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने छ । अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ५१ बजे

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक