भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग « Khabarhub

भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ।

अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ।

भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक बनाएको उनले ट्विटरमा अपलोड गरिएको एक भिडियो सन्देशमा भनिएको छ।

भारतको स्वतन्त्रताको ७५ वर्षको सम्झना र प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘आजादीका अमृत महोत्सव’को औचित्यमा एनएजएआईले विश्व कीर्तिमान बनाएको मन्त्री गडकरीले बताएका छन्। यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्।

गडकरीले एनएजएआई र राज पाथ इन्फारकन प्रालिलगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसा सहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्‍याएकोमा धन्यवाद समेत दिएका छन्।

यससँगै सबैभन्दा कम अवधिमा सडकको लामो दुरी निर्माण गर्ने रेकर्डमा भारतले कतारलाई उछिनेको बताइएको छ।

यसअघि गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा लामो लगातार निर्माण गरिएको कालोपत्रे सडक २५.२७५ किलोमिटरको थियो। २०१९ फेब्रुअरीमा कतारको दोहामा निर्माण भएको उक्त सडकको काम पूरा हुन १० दिन लागेको थियो।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ३७ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार