होटेल बाहिर एक युवा मृत फेला « Khabarhub

होटेल बाहिर एक युवा मृत फेला


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – होटेल सी प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन् ।

सिद्धार्थनगर ३ स्थित उक्त होटेलबाहिर भुईँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् ।

भैरहवा बसपार्कनजिकै रहेको होटेलमा शुक्रबार राति ७ जनाको समूहमा युवाहरू बसेका थिए । समूहमा बसेका युवामध्ये एक जनाको मृत्यु भएको हो ।

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । होटेल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरी भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन् । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटेलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईँमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : ३३ बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा