पारिश्रमिक नलिने सेलिब्रेटीहरू  « Khabarhub

पारिश्रमिक नलिने सेलिब्रेटीहरू 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काडमाडौँ– बलिउड सेलिब्रेटीलाई स्टार भनिन्छ किनकी उनीहरुको फ्यान फ्लोअर्स राम्रै छन् । उनीहरूले उठाएको आवाज सम्बन्धित पक्षले सुन्नै पर्ने बाध्यता हुन्छ । उनीहरूले राज्यको कानुन व्यवस्थासम्ममा दखल पुर्‍याउने ल्याकत राख्छन् । उनीहरूको लोकप्रियताले नै पाउने पारिश्रमिकको मापन गर्ने गरेको छ । यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । यद्यपि केही सेलेब्सहरुको आफ्नो सम्बन्धको आधारमा निर्माताको काम विना पारिश्रमिक पनि गरिदिएका छन् । यो लिस्टमा बलिउडका ए लिस्टेड सेलिब्रेटी नै छन् । अर्थात उनीहरूले निःशुल्क काम गरे ।

अभिनेत्री करिना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले सलमान खान र शाहरुख खानको फिल्ममा निःशुल्क काम गरेकी हुन् । उनले फिल्म  ‘बिल्लू’ को गीत  ‘मरजानी’ र  ‘दबंग २’ को गीत ‘फेवीकोल से’ का लागि कुनै शुल्क लिइनन् । अभिनेत्री कैटरिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’ मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहारसँगको सम्बन्ध थियो ।

अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’ मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो । यसकारण पनि शाहरुखले आफ्नो पारिश्रमिक मागेनन् । शाहरुखकै फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’ का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् ।

अभिनेता सलमान खानले अजय देवगण र फराह खानको लागि विना शुल्क काम गरेका छन् । फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कयौं फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् । अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म‘ भाग मिल्खा भाग’ मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैयाँ लिएकी थिइन् । सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’ मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् ।अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’ मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए ।

अभिनेत्री रानी मुखर्जीले बलिउडमा कयौं सुपरहिट फिल्म दिइन् । उनले फिल्म कभी खुसी कभी गम’ का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् । यो फिल्ममा उनको सानो भूमिका रहेको थियो । यसबाहेक सलमान , सोनाक्षीले धर्मेन्द्रको फिल्म  ‘यमला पगला दिवाना’ को पछिल्लो संस्करणमा काम गरेबापत कुनै पारिश्रमिक लिएनन् । उनीहरूले एक गीतमा काम गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १ : ३८ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)