विक्रमको ‘महसुस’मा आकाश र स्वस्तिमाको रोमान्स ! « Khabarhub

विक्रमको ‘महसुस’मा आकाश र स्वस्तिमाको रोमान्स !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको उक्त भिडियमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियो निकै राम्रो बनेको छ ।

कुलेखानी लगायत आसपासका क्षेत्रमा खिचिएको भिडियोमा त्यस क्षेत्रका मनोरम दृश्य देख्न पाइनेछ । बुद्व थापाले खिचेको भिडियोमा विकास धमलाले सम्पादन गरेका हुन् ।

‘महसुस’ गीतमा सुरज शाही ठकुरीको शव्द, संगीत तथा एरेञ्ज रहेको छ । यस अघि आहत एल्बमका बजारमा ल्याएका चर्चा बटुलेका विक्रमले दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।

पूर्व सुनसरीका विक्रमले कर्मथलो काठमाडौं बनाएर सांगीतिक क्षेत्रमा लागिरहेका छन् । उनको पछिल्लो सार्वजनिक ‘महसुस’ गीतलाई दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सार्वजनिक भएको एक दिनमै गीतलाई झण्डै एक लाख दर्शकले हेरेका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : १८ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर