दया भन्छन्, ‘कबड्डीमा मित्रताको कथा देखाउने चाहना छ’  « Khabarhub

दया भन्छन्, ‘कबड्डीमा मित्रताको कथा देखाउने चाहना छ’ 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थोरै यस्ता फिल्म छन्, जसलाई दर्शकले ‘ब्रान्ड’ बनाइदिएका छन् । अर्थात् ती फिल्म प्रति दर्शकको औधि आकर्षण छ । फिल्मको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म आइपुग्ने गर्छन् । यस्तै फिल्ममा पर्छ ‘कबड्डी’ सिरिज । सानो सुरुवातबाट बनेको फिल्म यतिबेला नेपालको एउटा ब्रान्ड बनिसकेको छ । फिल्मको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका हुन्छन् । यसको उदाहरण कबड्डीको चौथो सिरिजले बक्सअफिसमा गरिरहेको कलेक्सन हो । ‘कबड्डी’ भन्ने वितिकै सबैले सम्झिने पात्र हो, ‘काजी’ ।

काजीले मैयाँ अर्थात् आफ्नो सोल्टिनी प्राप्तिको लागि गर्ने संघर्षलाई निर्देशक रामबाबु गुरुङले मुस्ताङको स्वादमा ‘कबड्डी’ सिरिजमा पस्किने गरेका छन् । र, उनलाई लेखनमा साथ दिएका छन् उपेन्द्र सुब्बाले । फिल्मको पात्र र उसले बोल्ने संवादको कारण पनि यो सिरिज दर्शकमाझ लोकप्रिय छ । यसैको चौथो सिरिज ‘कबड्डी’ : द फाइनल म्याच’ प्रदर्शनरत छ । नेपाली फिल्मको लागि मार्क नगरिएको डेटमा आएको फिल्मले बक्सअफिसमा १७ करोड बढीको ग्रस कलेक्सन गरेको वितरकहरूले दाबी गरिरहेका छन् । फिल्मको कलेक्सन २० करोडसम्म पुग्ने अनुमान गरिएको छ । कबड्डीको चौथो सिरिजलाई ‘द फाइनल म्याच’ भनिएकोले पनि दर्शकले अपार माया दिइरहेका छन् । यसपछि फिल्मको सिरिज अगाडि बढ्छ कि बढ्दैन रु भन्ने जिज्ञासा दर्शक झैँ फिल्मकर्मीलाई पनि छ । फाइनल म्याच भनिएकाले कथालाई अगाडि बढाउने वा नबढाउने भन्ने दोधारमा निर्देशक गुरुङ पनि छन् । ‘हामीले यसका मुख्य पात्रा काजी अर्थात् दयालाई के होला ? भनेर सोधेका थियौँ’ । उनले भने, ‘कबड्डी नाममै अर्को सिरिज आउन पनि सक्छ । तर, अहिलेलाई यो कथालाई यहीँ सकाउने सल्लाह भएको हो ।’

No description available.उनले समयसँगै काजीको सोचमा आएको परिवर्तन अब प्रेमकै पछाडि लाग्न नसुहाउने बताए । ‘काजी’ मा पनि त परिवर्तन आएको छ । अब पहिले झैँ मैयाँ वा सोल्टिनीको पछाडि मात्र लाग्दा काजी टाइपकास्ट हुन्छ’ दयाले भने । उनले केही वर्षको अन्तरालमा कबड्डीलाई मित्रताको कथाबाट अगाडि बढाउने इच्छा जाहेर गरे । कबड्डी देखि नै दयासँगै देखिँदै आएका विजय बराल र बुद्धि तामाङसँग पनि दर्शक कनेक्ट छन् । काजी झैँ उनीहरूको भूमिका पनि ‘कबड्डी’ मा अनिवार्य छ । उनीहरूले एक आपसमा हरेक सुख दुखमा सघाउने गरेका छन् । उनीहरु आफ्नो परिवार झैँ एक अर्काको सारथी बनेका छन् । दया काजीलाई प्रेमीसँगै साथी पनि देख्छन् । सम्पन्न परिवारको भएकोले काजीले साथीलाई सहयोग पनि गर्ने गरेको छ । ‘कबड्डी’ मा काजीको मित्रतालाई देखाउ भन्ने लागेको छ ।

यद्यपि त्यो अहिले होइन । दशकपछि मसँगै विजय र बुद्धिको पात्रलाई पर्दामा ल्याइयोस् भन्ने लागेको छ’ दयाले भने । उनले तीन पात्र र उसले भोगेको समयलाई दशकपछि पर्दामा देखाउदा छुटै आनन्द आउन सक्ने बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ०५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित