मेकअप आर्टिस्ट जावेरियाको मोडलिङ यात्रा (फोटो फिचर)  | Khabarhub Khabarhub

मेकअप आर्टिस्ट जावेरियाको मोडलिङ यात्रा (फोटो फिचर) 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण जावेरिया केसी ग्ल्यामरको दुनियाँमा नोटिस भएकी छन् ।

चन्द्रागिरी नगरपालिका अन्तर्गत मातातीर्थमा बस्ने केसीलाई बाल्यकाल देखिनै यो क्षेत्रमा रुचि थियो । सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक’ अ स्टारु नामक ब्युटी प्याजेन्टमा सहभागि हुँदै केसीले ग्ल्यामर क्षेत्रमा पाइला टेकेकी हुन् ।

सौन्दर्य क्षेत्रसँग लगाव बढेपछि उनले भारत पुगेर चण्ड गढमा रहेको इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइनबाट फेसन डिजाइनिङ कोर्स समेत गरेकी छन् । उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षा समेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले नेपालमै फर्किएर काम गर्ने योजना बनाइन । उनीसँगै शिक्षा लिएका साथीहरू बलिउड तर्फ लाग्दा उनी स्वदेश फर्किएकी हुन् ।

नेपालमा सन् २०१९ देखि फेसनसँगै मेकअपमा समेत सक्रिय रहेकी केसीले त्यही अनुसार काम गरिन् । उनको लगाव फेसन भन्दा पनि मेकअपमा बढ्यो । यसैले गर्दा उनले जावेरिया मेकअप स्टुडियोको सुरुवात गरिन् । मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहँदा उनलाई मोडलिङको अफर आयो ।

उनलाई मोडलिङ मन पर्ने भएकाले नै अभिनयमा उत्तिकै लगाव थियो । ‘बाल्यकालदेखि नै एक्ट्रेस , सुपर मोडल , बिजनेस वुमन बन्ने सपना थियो । त्यसैले मोडलिङमा आएको अफरलाई सदुपयोग गर्दा यस तर्फ पनि आफ्नो सक्रियता बढाउँदै छु’ जावेरियाले भनिन् । अरुलाई सुन्दर बनाउँदै गर्दा नलुकेको उनको सुन्दरता विस्तारै नोटिस हुन् थालेको छ ।

उनले मोडलिङको सुरुवात गरेता पनि आफ्नो मेकअपको काम नछाड्ने योजना बनाएकी छिन् । ‘मैले मोडलिङसँगै आफ्नो मेकअपको कामलाई पनि अगाडि लानेछु । किनकि यी सबै मेरो रुचिका विषय र क्षेत्र हुनु उनले भनिन् । कुसुम द बुटिकले डिजाइन गरेको ड्रेसमा जावेरियाको सुन्दरता हामीले खबरहबका लागि कैद गरेका छौँ ।

 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : ४७ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी