मेकअप आर्टिस्ट जावेरियाको मोडलिङ यात्रा (फोटो फिचर)  « Khabarhub

मेकअप आर्टिस्ट जावेरियाको मोडलिङ यात्रा (फोटो फिचर) 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण जावेरिया केसी ग्ल्यामरको दुनियाँमा नोटिस भएकी छन् ।

चन्द्रागिरी नगरपालिका अन्तर्गत मातातीर्थमा बस्ने केसीलाई बाल्यकाल देखिनै यो क्षेत्रमा रुचि थियो । सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक’ अ स्टारु नामक ब्युटी प्याजेन्टमा सहभागि हुँदै केसीले ग्ल्यामर क्षेत्रमा पाइला टेकेकी हुन् ।

सौन्दर्य क्षेत्रसँग लगाव बढेपछि उनले भारत पुगेर चण्ड गढमा रहेको इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइनबाट फेसन डिजाइनिङ कोर्स समेत गरेकी छन् । उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षा समेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले नेपालमै फर्किएर काम गर्ने योजना बनाइन । उनीसँगै शिक्षा लिएका साथीहरू बलिउड तर्फ लाग्दा उनी स्वदेश फर्किएकी हुन् ।

नेपालमा सन् २०१९ देखि फेसनसँगै मेकअपमा समेत सक्रिय रहेकी केसीले त्यही अनुसार काम गरिन् । उनको लगाव फेसन भन्दा पनि मेकअपमा बढ्यो । यसैले गर्दा उनले जावेरिया मेकअप स्टुडियोको सुरुवात गरिन् । मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहँदा उनलाई मोडलिङको अफर आयो ।

उनलाई मोडलिङ मन पर्ने भएकाले नै अभिनयमा उत्तिकै लगाव थियो । ‘बाल्यकालदेखि नै एक्ट्रेस , सुपर मोडल , बिजनेस वुमन बन्ने सपना थियो । त्यसैले मोडलिङमा आएको अफरलाई सदुपयोग गर्दा यस तर्फ पनि आफ्नो सक्रियता बढाउँदै छु’ जावेरियाले भनिन् । अरुलाई सुन्दर बनाउँदै गर्दा नलुकेको उनको सुन्दरता विस्तारै नोटिस हुन् थालेको छ ।

उनले मोडलिङको सुरुवात गरेता पनि आफ्नो मेकअपको काम नछाड्ने योजना बनाएकी छिन् । ‘मैले मोडलिङसँगै आफ्नो मेकअपको कामलाई पनि अगाडि लानेछु । किनकि यी सबै मेरो रुचिका विषय र क्षेत्र हुनु उनले भनिन् । कुसुम द बुटिकले डिजाइन गरेको ड्रेसमा जावेरियाको सुन्दरता हामीले खबरहबका लागि कैद गरेका छौँ ।

 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : ४७ बजे

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा