स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस « Khabarhub

स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली काँग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वाचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा काँग्रेसले ‘फ्लोवर क्रस’ गरेपछि बाम गठबन्धनको जित भएको हो । आठ जना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोवर क्रस गरेर सात जना निर्वाचित भए पनि एक जनाको बराबरी मत आएको थियो । पछि गोला प्रथाद्वारा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएको छ ।

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली काँग्रेसको मात्रै ४२ मत थियो भने बाम गठबन्धनको ४० मत मात्र थियो । अल्पसङ्ख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन्  । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए ।

दलित तर्फबाट कुन्ती परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने काँग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हाद कुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्वारा काँग्रेसका बलदेव विश्वकर्मा निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ जना कार्यपालिका सदस्य मध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाद्वारा  काँग्रेसले एक सिट हात पारेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ४६ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले