त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा « Khabarhub

त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमार्फत नतिजा निकालिएको हो । सडन डेथसम्म पुग्दा दुबै टिमबाट १४र१४ प्रहार भएको थियो ।

आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो ।

खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् ।

खेलको अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय यूथसँग प्रतिस्पर्धा गर्नेछ ।

विजय युथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ०४ बजे

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै

मुग्लिन–पोखरा सडक छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ– मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ ।