गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री « Khabarhub

गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताएका छन् । एक साता लामो युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले सांस्कृतिक, ऐतिहासिक धरोहर तथा परम्परा र रितिस्थितिका क्षेत्रमा सरकारले गर्नुपर्ने काममा केहि तलमाथि भए त्यसलाई सच्याइने बताए ।

उनले जनताको मन दुखाउने गरी सरकारले कुनै काम नगर्ने पनि स्पष्ट पारे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले गुठीलाई नियमन गर्न विधेयक ल्याएको भन्दै गुठीले गरीबमाथि शोषण गरेको बताए ।

जनताप्रति सरकार उत्तरदायी रहेको भन्दै उनले सरकारले सँधै जनताको हीतमा काम गर्ने भएकाले अब जनताले आन्दोलन गर्ने दिन नआउने पनि बताए ।

गुठी विधेयकका विषयमा प्रतिपक्षी दल तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब विधेयकका विषयमा भएको विरोधको मौका छोपेर फाइदा नउठाउन आग्ह गरे ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : १४ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट